भक्तपुर-२ मा महेश बस्‍नेतसँग दुर्लभ थापा अग्रता बढाउँदै

Spread the love

काठमाडौं ।

भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ ।

आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् ।


Spread the love