होला त ? प्रचण्ड र बाबुरामको फेरी एकता !

Spread the love

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताका लागि पुन प्रस्ताव गरेका छन्। आइतबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले भट्टराईसँग भेटका पार्टी एकताको प्रस्ताव गरेका हुन्।

‘तपाईं पनि एकतामा आइदिए राजनीतिक गतिरोध फुकाउन, मुलुकलाई आर्थिक सम्बृद्धितर्फ अघि बढाउन धेरै सहयोग हुने थियो’ प्रचण्डको प्रस्ताव थियो, ‘आखिर तपाईंपनि वामगठबन्धनमा सामेल हुनु भएकै हो। त्यसैले चुनाव अघि जे जे भयो, त्यो भइगयो, पुराना कुरा बिर्सेर एकतामा सामेल होऔं।’

नयाँशक्तिकी नेतृ हिसिला यमीका अनुसार भट्टराई जारी राजनीतिक गतिरोधको अन्त्य विषयमा कुराकानी गर्न प्रचण्ड निवास पुगेका थिए। यमीले भनिन्, ‘उहाँले तपाईंपनि एकता आउनु भए धेरै सजिलो हुन्थ्यो भन्नुभयो। त्यसबाहेक समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच कुराकानी भयो।’

भट्टराईले भने पहिले एमाले–माओवादी केन्द्रबीचको एकताको कामना गरेका थिए। ‘पहिले तपाईंहरुबीच एकता होस्, एकता गरेर छिटो सरकार निर्माण गर्नुस् र राजनीतिक स्थायित्व दिनुस्’ भट्टराईको भनाई थियो, ‘एकता संयोजन समिति छँदैछ, त्यसैमार्फत् धेरै कुरा टुङ्ग्याउन सकिन्छ। तपाईंहरु मिल्नुस्, मेरो शुभकामना छ।’

यमीका अनुसार, प्रचण्ड पहिले पनि नयाँशक्तिसँग एकताको पक्षमा थिए। ‘उहाँ त बाबुरामजीलाई जहिल्यै सँगै बसौं भन्नुहुन्छ, आजपनि त्यही भन्नुभयो’ नेपालखबरसँग यमीले भनिन्, ‘तर बाबुरामजीले एमाले–माओवादी केन्द्रबीच एकता भएपछि सहज हुन्छ भन्नुभएको छ। हेरौं, परिस्थिति कसरी अघि बढ्छ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *