मेलम्ची बैशाखमै ! यसपालिको आश नहुनुपरोस् निराश

Spread the love

१६ पुस, मेलम्ची । सरकारले ‘बैशाखमै मेलम्ची आउँछ’ भनिरहेको छ । काठमाडौंबासी पनि त्यही अाशमा छन् । तर, मेलम्ची अायोजनामा कार्यरत प्राविधिकहरु ‘बैशाखको भाका’लाई चुनौतीपूर्ण मान्छन् ।  दोस्रो सुरूङ खण्डको ब्रेक-थ्रु समारोहमा मेलम्चीमै भेटिएका कतिपय प्राविधिकले यसलाई मेलम्चीका नाममा सरकारले बोलेकाे  ‘अन्तिम झुठ’ को संज्ञा दिए ।

शनिबार भएको ग्यालथुङ-अम्बाथान सुरुङ खण्डको ब्रेक-थ्रुले सकारात्मक सञ्चार गरेको छ । शनिबारसम्म सिन्धु-ग्यालथुङ खण्डको ४४३ मिटर मात्रै सुरुङ खन्न बाँकी छ ।

निर्माण सुरू भएको ९ वर्षपछि मात्रै मेलम्चीले नयाँ अाश जगाउन सकेको छ । त्यसअघि कागजी प्रक्रियामै एक दशक बढी अल्मलिएको मेलम्चीको सरूङमा अन्तिम ब्रेक-थ्रू हुन बाँकी छ ।

तर, त्यो हुनासाथ बैशाखसम्म सिन्धुपल्चोकको पानी काठमाडौंमा झार्न भने मेलम्ची खानेपानी आयोजनालाई कम्ता चुनौती छैन । ब्रेक-थ्रूपछि खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रजाक, खानेपानी सचिव गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामचन्द्र देवकोटा लगायतले बैशाखसम्म पानी काठमाडौं पुर्‍याउने गरी काम भइरहेको बताए । तर, मेलम्चीको चुनौती प्रशस्तै रहेको पनि उनीहरूले स्वीकारे ।

‘नयाँ वर्षमा काठमाडौंमा पानी लैजाने गरी काम भइरहेको छ । तर, सिन्धु-ग्यालथुङ खण्डको अबको बाँकी खण्ड छिचोल्न अली बढी चुनौती छ, बाँकी खण्ड खन्न अली बढी चुनौती छ,’सचिव ठाकुरले भने,’ नरम चट्टानका कारण सो खण्डको ब्रेक-थ्रु अली बढी असजिलो छ । तर, समयमै काम गर्न हामी प्रतिवद्ध छौं ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *