रोकेको ट्याक्टर आफै गुडेपछि, ५ बर्षिय बालक घाइते !

Spread the love

१६ पुस, ताप्लेजुङ । चालकको लापरबाहीका कारण रोकिराखेको ट्याक्टर चालकबिना नै गुड्दा ताप्लेजुङमा एक बालक घाइते भएका छन् ।

फुङ्लिङ नगरपालिकाको नापी टोलमा सडक किनारमा रोकिराखेको मे १ त ५०३६ नम्बरको ट्याक्टर अचानक गुड्दा ट्याक्टरको ठक्करबाट ५ वर्षीय अनमोल लिम्बु घाइते भएका हुन् ।

घाइते अनमोल साविकको लिवाङ गाविस १ घर भइ त्यही टोलमा डेरा गरी बस्ने सन्तवीर लिम्बुका छोरा हुन् । ट्याक्टर न्यूटलमा रोकिराखेको र ओट नलगाएका कारण आफैं गुडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइते बालकको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *