तामाकोसी पाँचौंंको डीपीआर ७ महिनामा

Spread the love

तामकोसी पाँचौं जलविद्युत् आयोजनाको आगामी ७ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) लाई तयार हुने भएको छ । आयोजनाको डीपीआर तयारीका लागि परामर्शदाता जर्मनी कम्पनी ल्याह्मेरले अध्ययन जारी राखेको छ ।
तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधानका अनुसार परामर्शदाता ल्याह्मेरले केही समयमै आयोजनास्थल विगू गाउँपालिका ४ सुरीटारमा परीक्षण सुरुङ निर्माण गर्नेछ । १ सय ७० मिटर लामो हुने परीक्षण सुरुङको चट्टानको परीक्षणका खन्न लागेको बताए ।
परामर्शदाता कम्पनीले सुरुङ निर्माणका लागि चाहिने विस्फोटक पदार्थ ल्याउन जिल्ला सुरक्षा समिति र नेपाली सेनासँग अनुमति लिने काम गरिरहेको छ । डीपीआर तयारीपछि आयोजनाको लागत र क्षमताबारे पूर्ण विवरण आउने उनले बताए । आयोजनाका लागि आवश्यक जग्गाका लागि सार्वजनि सूचना प्रकाशित जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण समेत भइसकेको छ । २ महिनाअघि दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाको अध्यक्षतामा बसेको बैठकले न्यूनतम ३ लाख ७४ हजारदेखि अधिकतम ७ लाख ४८ हजार प्रतिरोपनी मूल्य निर्धारण गरेको हो ।
आयोजनाका लागि विगू गाउँपालिका वडा नं. ४ साविक लादुक–९ को सुरीटारमा रहेको जग्गा अधिग्रहण गर्नेछ । जग्गाको मूल्य निर्धारण समितिले सिंगटी–भोर्ले–तामाकोसी सडकले छोएको सडकको २५ मिटर पछाडिसम्मको मूल्य प्रतिरोपनी ७ लाख ४८ हजार निर्धारण गरेको छ । त्यस्तै, सडकले नछोएको बाँकी जग्गाको मूल्य ३ लाख ७४ हजार निर्धाण भएको आयोजनाका प्रशासन प्रमुख सीताराम थापाले बताए ।
आयोजनाका लागि ५८ जनाको ५५ रोपनी जग्गा आवश्यक पर्छ । तामाकोसी पाँचौंको सुरीटारमा विद्युत् गृह लगायतका संरचना तयार गर्ने प्रस्ताव छ । आयोजनाको विद्युत् गृह भूमिगत हुनेछ । ल्याह्मेर ४ सय ५६ मेगावाटको निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको समेत परामर्शदाता हो । डेढ वर्षमा पूरा गर्ने गरी एक वर्ष अघि महिना अघि ल्याह्मेर र विद्युत् प्राधिकरणबीच सम्झौता भएको थियो ।
आयोजनाको प्रारम्भिक अध्ययनअनुसार ८७ मेगावाट क्षमताको बन्ने भएपनि अहिले परामर्शदाताको अध्ययनमा ९५ मेगावाटको बनाउन सकिने अनुमान छ । तामाकोसी पाँचौं माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको क्यासकेट आयोजना हो । प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनअनुसार माथिल्लो तामाकोसीको टेलरेसबाट निस्केको पानीलाई पुनः गरी ८ दशमलब २ किलोमिटर सुरुङबाट लादुकको सूरीटारमा भूमिगत विद्युत् गृह बनाएर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाको ग्रस हेड ६० मिटर छ । यसबाट वार्षिक ४६०.५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने हुनेछ ।
बाटोको पहुँच, कम वातावरणीय प्रभाव, हेडवक्स निर्माण गर्न नपर्ने कारणले पनि आयोजना आकर्षक सरकारले पनि ४ वर्षदेखि प्राथमिकतामा राखेको आयोजना हो । आयोजनाबाट उत्पादित विद्युत् माथिल्लो तामाकोसीले निर्माण गर्ने गोँगर–खिम्तीको २२० केभी डबल सर्किट प्रसारण लाइनमा जोड्ने लक्ष्य छ ।

माथिल्लो तामाकोसीलाई पनि सेयर दिने
कम्पनी मोडे्लमा निर्माण हुन लागेको तामाकोसी पाँचौंमा अपर तामाकोसी हाइड्रोपावर कम्पनीलाई पनि सेयर दिइने भएको छ । तामाकोसी पाँचौंंका प्रमुख कार्यकारी अधिकृत प्रधानले भने, “यो आयोजना अपर तामाकोसीकै क्यासकेट भएको र सडक प्रसारण लाइनमा उसको लगानी धेरै भएकाले सेयर लगानी गर्न दिनै पर्छ, छलफल जारी छ ।” आयोजनाको प्रबन्धपत्रअनुसार नेपाल विद्युत् प्राधिकरणको ५५ प्रतिशत, आयोजना प्रभावितको १० र सर्वसाधारणको १५ प्रतिशत, आयोजनाका कर्मचारीहरूको समेत लगानी रहने बताए ।
आयोजनाको माथिल्लो तामाकोसीको टेलरेसमा लिंक जोड्ने संरचनाको काम जारी छ । माथिल्लो तामाकोसीको काम पूरा भएर विद्युत् उत्पादन हुन थालेपछि त्यसका लागि आयोजना नै बन्द गर्नु पर्ने भएकाले पहिला नै बाहिर निस्कने पानीलाई बन्द गरे सुरुङमा हाल्नका लागि लिंक बनाउन लागेको हो । आयोजनाको यो संरचनापछि हेडवक्सको कुनै पनि संरचना निर्माण गर्नु नपर्ने प्रमुख कार्यकारी प्रधानले बताए । ४० मिटर लामो सुरुङ र गेट निर्माणका लागि आयोजनाले २० करोड खर्च गर्दैछ । पछि माथिल्लो तामाकोसी चलेपछि बन्द गर्दा ४ अर्ब लाग्ने भएकाले सस्तोमै अहिले नै माथिल्लो तामाकोसीकै ठेकेदारमार्फत काम गराएको बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *