स्टोक सिटीको पोस्टमा चेल्सीको ५ गोल

Spread the love

लन्डन । स्टोक सिटीलाई ५–० गोल अन्तरले हराउँदै चेल्सी इङ्गलिश प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन एन्टोनियो, पेड्रो, विलियन, ड्यानी र जापाकोष्टाले एक–एक गोल गर्नु भयो ।
जितसँगै चेल्सीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडलाई उछिनेको छ । म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ ।
अर्को खेलमा लिभरपूलले लेष्टर सिटीलाई २–१ ले हराउँदा बर्नमाउथले एभर्टनमाथि पनि समान २–१ कै जित निकालेको छ ।
स्वेन्सी सिटीले वाट्फोर्डलाई उसैको मैदानमा २–१ ले हराउँदा हडर्सफिल्ड र बर्न्ली तथा न्युकासल युनाईटेड र ब्राईटनले गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज क्रिष्टल प्यालेस र म्यान्चेस्टर सिटी तथा वेष्ट ब्रोम र आर्सनल खेल्दै छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *