खप्तड गोल्डकपः थ्री स्टारको विजयी शुुरुआत

Spread the love

धनगढी, यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

स्थानीय रङ्गशालामा आज भएको खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनायो । लगत्तै झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए । झापाका तर्फबाट गोल भएलगत्तै ४३ औँ मिनेटमा थ्री स्टारका तर्फबाट चेम्जोङले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै झापा–११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीले राम्रै खेलेर पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताउनुभयो । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टोलीले सुखद् नतिजा दिन सफल भएको प्रतिक्रिया दिनुभयो । मंगलबार डुक स्टार भुटान र रुपन्देही–११ बीच हुने आयोजकका सञ्चार संयोजक सीताराम ओझाले जानकारी दिनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *