डा. केसी पक्राउ ! कसरी समातीयो केसीलाई ?

Spread the love

काठमाडौं – सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रमख रवीन्द्र धानुले उनलाई सिंहदरबार हिरासतमा राखिने रातोपाटीलाई जानकारी दिए । केसीलाई   बा १ झ ७२६६  नम्बरको  प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको थियो ।

महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको थियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए ।

अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो ।

त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै  केसीले अदालत मानहानी हुनेगरी अभिव्यक्ति दिएका थिए ।

मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार  मुद्दा दर्ता गरेका थिए  ।  सो मुद्दामा आजै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै  पक्राउ गरेर अदालतमा मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।

केसी अदालतको आदेशविरुद्ध आजै अपरान्हदेखि १४ औं अनसनमा थिए । उनलाई भोलि ९  बजे आदेशानुसार अदालतमा उपस्थित गराइने छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *