श्रीमान हामीलाई पनि मानहानी लागोस् -गगन थापा

Spread the love

काठमाडौं – डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. केसीका समर्थकले प्रर्दशन गरेका हुन । उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

उक्त प्रदर्शनमा विभिन्न दलको नेताहरुले डां केसीको समर्थनमा सम्बोधन गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री गगन थापाले सम्बोधन गर्दै भने श्रीमान गोविन्द केसीलाई लाग्छ भने हामीलाई पनि मानहानी लागोस, उनले भने हामीले अदालतको मान बढाउन विगतमा आन्दोलन गरेका हौँ, डा. केसीले उठाएको विषय चिकित्साशास्त्रको मात्रै होईन, यो सबै जनतासँग जोडिएको छ ।

थापाले भने, ‘डेढ करोड खर्च गरेर पढेको चिकित्सकलाई मन्त्रीले चाहेर पनि गाउँ पठाउने नसक्ने अवस्था छ, त्यसैले मुहान सफा हुनुपर्छ केसीले मुहान सफा गर्ने अभियान गर्नुभएको हो ।, केसीले उठाएको मुद्धा जनताले उठाएको मुद्धा हो ।’

 

उनले डां केसीलाई तत्काल रिहाई गर्न माग गर्दै भने डा. केसीले उठाईएको मुद्धा तत्काल छानविन गरियोस्, दुधको दुध पानीको पानी होस् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *