भाइरलका कारण थप एकको मृत्यु

Spread the love

जाजरकोट, २५ पुस – जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको आज बिहान मृत्यु भएकोे छ ।

जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । भण्डारी तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताउनुभयो ।

यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *