सर्वोच्चको इजलासमै डा. केसीले भने–‘गोपाल पराजुली माफिया र भ्रष्ट नै हुन्’

Spread the love

काठमाडौं–  सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दाको बहस तीन घण्टादेखि जारी छ ।

११ बजेबाट शुरु भएको इजलासमा  डा. गोविन्द केसीले सर्वोच्च अदालतको इजलासमा भइरहेको बहसमै प्रधानन्यायाधीश गोपाल पराजुली भ्रष्ट र माफिया भएको दोहोर्याएका छन् । तर, केसीको अभिव्यक्तिप्रति केही अधिवक्ताहरुले  आपत्ति जनाएका थिए ।

डा. केसीविरुद्ध परेको मुद्दाको सर्वोच्चका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेका बेला केसीले केही बोल्न

खोजेपछि समय दिइदा उनले त्यस्तो बताएका हुन् ।

त्यसक्रममा केसीले आफू कसैको दास नभएर सार्वभौम देशको सचेत नागरिक भएको भन्दै  संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेको बताएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *