निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्न माग

Spread the love

काठमाडौँ, २७ पुस – नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा आज बालुवाटार पुगेको टोलीले भूकम्पपीडितलाई दिएको कम रकमले तिनको घर निर्माणमा समस्या भएको भन्दै रु दुई लाख थप गर्न आग्रहसमेत गरेको छ ।

यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेका थिए त्यसैले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि उक्त टोलीले माग गरेको छ ।

भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिनुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *