काठमाण्डौ- सरकारले प्रदेशको अस्थायी केन्द्र र प्रमुख तोक्ने तयारी थालेको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी केन्द्र र प्रमुख सम्बन्धि निर्णय लिने भएको हो ।
लामो समयदेखि प्रदेश प्रमुख र केन्द्र नतोकिदा प्रदेशसभा गठन नै हुन सकेको छैन । राजनीतिक सहमतिको प्रयासमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेपनि सहमति नजुटेपछि प्रदेश प्रमुख तोक्ने तयारीमा उहाँ पुग्नुभएको हो । विवादबाट बच्न सरकारले प्रदेश सदस्यको सपथका लागि मात्र अस्थायी केन्द्र तोक्ने भएको छ । राजनीतिक सहमति नजुटेपछि थप आलोचना हुन सक्ने आंकलन सहित सरकारले केन्द्र मात्र तोक्न लागेको बताइएको छ ।
अहिले प्रदेशको राजधानीको नाममा विभिन्न जिल्लाहरुमा प्रर्दशनहरु भएका छन् । यस्तै आज बोलाइएको मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजन सम्वन्धि निर्णय समेत गर्ने तयारी गरेको बताइएको छ ।