अन्तर्राष्ट्रिय हस्तकता महोत्सव’ शुरू

Spread the love

काठमाडौँ- हस्तकलाको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय हस्तकता महोत्सव’ आजदेखि शुरू भएको छ ।

गरिबी निवारण कोषले आजदेखि यहाँ आयोजना गरेको सो महोत्सव तीन दिनसम्म चल्नेछ । महोत्सवमा नेपालीसहित भारत र पाकिस्तानलगायत देशका हस्तकलाका सामग्री राखिएको छ ।

महोत्सवमा करिब २०० प्रकारका हस्तकलाका सामग्री राखिएको छ । २० वटा कक्षमध्ये १८ वटा नेपाली हस्तकलाका कक्ष राखिएको छ । नेपालका दाङ, नेपालगञ्जलगायतका जिल्लाबाट हस्तकलाका कालिगडको समेत उपस्थिति रहेको छ ।

महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिक स्थिरतासँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले नेपालको आर्थिक विकासका लागि हस्तकला क्षेत्रको योगदानको चर्चा गर्नुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *