वाइसिएलले न्यानो कपडा बाँड्ने

Spread the love

काठमाडौँ- ‘तपाईं कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछाँै’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले शीतलहर पीडित तराईका विभिन्न जिल्लामा न्यानो कपडा वितरण गर्ने भएको छ ।

तराईमा जाडाले कठ्यांग्रिएर धेरैको ज्यान गइरहेको र कैयौँ मानिस बिरामी भइरहेका अवस्थामा राहत वितरण गर्ने लागिएको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । “वाइसिएल जाडोबाट बच्नका लागि तराईका जिल्लामा न्यानो लिएर जान लागेको छ”, सापकोटाले भन्नुभयो “संगठनबाट सामाजिक काम पनि गर्छौं । यतिबेला न्यायो बाँड्नु हामी सबैको दायित्व हो ।” राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थालाई आह्वान गरेको छ । राहत संकलनका लागि आगामी माघ ३ गतेसम्मको समयसीमा तोकिएको छ । सो अवधिभित्र सबैलाई राहत सामग्री दिएर सहयोग गर्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि तराईका दश जिल्लामा न्यानो कपडा वितरण गरिने जनाइएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *