प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारसँग आयोगको पुनः आग्रह

Spread the love

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा भई निर्वाचन कार्य तालिकासमेत प्रकाशित भइसकेको हुनाले प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने भएकाले प्रदेश प्रमुख नियुक्ति गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको नतिजा प्रदेश प्रमुखसमक्ष बुझाउनु पर्ने व्यवस्था रहेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकपछि सरकारसँग नियुक्तिको लागि पुनः आग्रह गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा भई निर्वाचन अधिकृतको नियुक्ति, कार्यालय स्थापना र कार्यक्रम सञ्चालन प्रक्रिया प्रारम्भ भइसकेको तर हालसम्म प्रदेश प्रमुख नियुक्त नहुँदा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा घोषणा गरी सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने कानूनी बाध्यताका कारण राष्ट्रियसभा सदस्यको निर्वाचन प्रक्रियामा समेत प्रभाव पर्नसक्ने सम्भावना देखिएकाले निर्वाचन आयोग प्रदेश प्रमुखको नियुक्ति हुन नसकेको अवस्थाप्रति गम्भीर भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी आयोगले निर्वाचनको कार्य तालिका र निर्वाचन कार्यक्रमसमेत स्वीकृत गरी सकेको छ । स्वीकृत कार्यक्रमअनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *