‘विकास नै आफ्नो पहिलो लक्ष्य’

Spread the love

तुलसीपुर, दाङ, २९ पुस – माओवादी केन्द्रका नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर महराले शिक्षा, स्वास्थ्य, खानेपानी विद्युत्, यातायातजस्ता जनताका आधारभूत आवश्यकता पूर्ति हुन नसकेको ठाउँको विकास गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनुभएको छ ।

दाङको क्षेत्र नं २ मा पर्ने बंगलाचुलीको आज गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद ज्ञापनका लागि पुग्नुभएका महराले मतदाताले गरेको स्वागत कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले आफ्नो क्षेत्रमा रहेका २७ वटा वडाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नेसमेत जानकारी दिनुभयो ।

उहाँले जनता  र राष्ट्रको सेवा गर्नु नै आफ्नो प्रमुख दायित्व भएको भन्दै  समाज परिवर्तन गर्नका लागि सबैभन्दा पहिला ग्रामीण भेगका जनताको जीवनस्तर माथि आउनुपर्ने सोका लागि निरन्तर जनताको सम्पर्कमा रहेर जनताको  काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठन गरिने बताउनुभयो ।

केही संवैधानिक जटिलताका कारण वामपन्थीको सरकार बन्न ढिलाइ भएको भन्दै राष्ट्रियसभाको निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने उहाँको भनाइ छ ।

नेता महरा आज दिनभर बंगलाचुली गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका विभिन्न वडामा पुगेर मतदातालाई धन्यवाद दिनुभएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *