पोखरा, २९ पुस – राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आज प्रदेश नं ४ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा एक कार्यक्रमका बीच निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सुरक्षा निकायका प्रमुख एवं सञ्चारकर्मीको उपस्थितिमा आज कार्यालय स्थापना गरिएको हो ।
आगामी माघ २४ गते हुने निर्वाचनका लागि प्रदेश नं ४ मा २३० मतदाता रहने क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रियसभाका लागि यस प्रदेशबाट प्रदेशसभा सदस्य ६० र गाउँपालिका एवं नगरपालिकाका प्रमुख तथा उपप्रमुख गरी १७० मतदाताका रुपमा रहनेछन् ।RSS