चरिकोट, ३० पुस – दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा को२त ६१६८ नंको ट््याक्टरले च्यापेर एक युवकको मृत्यु भएको छ ।
गौरीशंकर गाउँपालिका–२ जुँगुका चेतबहादुर खड्काको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
जुगुमा बालुवा झार्ने क्रममा ट््याक्टरको ढालाले च्यापिएर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।RSS