चार सभामुख र दुई मुख्यमन्त्रीमा माओवादीको दाबी

Spread the love

काठमाडौँ-

माओवादी केन्द्रले आज वसेको संयुक्त कार्यदलमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ ।

 

दुई दलीय कार्यदलमा माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका हुन् । एमालेले यसबारे अध्यक्षद्धयसँग परामर्श गरेर मात्र टुंगोमा पुग्ने जवाफ दिएको छ ।

कार्यदलमा एक सदस्यले भने, ‘एमालेले मुख्यमन्त्री लिएको ठाउँमा माओवादीलाई सभामुख र माओवादीले मुख्यमन्त्री लिएको प्रदेशमा एमालेले सभामुख लिने प्रस्ताव आएको छ ।’

स्मरण रहोस एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ ।

राष्ट्रियसभाको विषय  भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादी प्रस्ताव रहेको एक नेताले जानकारी दिए ।

बैठकपछि एमाले नेता  सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर मात्र  टुंगो लगाइने बताए । उनले भने, २  गते हाम्रो अध्यक्ष आउनुहुन्छ  त्यसैले ३ गते बैठक राखेका छौं ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताएका छन् । ‘आज हामीले सिटहरुका बारेमा प्रारम्भीक छलफल र प्रस्तावहरु राखेका छौं र केही मापदण्डमा छलफल गरेका छौं’ बैठकपछि अनन्तले भने, ‘सात वटै प्रदेशमा रहेको मतको अध्ययन गर्‍यौं । प्रदेश मुख्यमन्त्री, सभामुख उपसभामुखको के हुनसक्छ भनेर छलफल गरेका छौं ।’

राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३/३ नेता छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *