निर्वाचन पद्दति र प्रदेश प्रमुख को विषयमा छलफलका लागिआयोगले बोलायो दलका नेताहरुलाई

Spread the love

काठमाडौँ-

प्रदेश प्रमुखको नियुक्ति तथा एकल संक्रमणीय निर्वाचन प्रणालीको निर्वाचन पद्दति लगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले पाँच दललाई छलफलमा बोलाएको छ। प्रदेश प्रमुख नियुक्त नहुँदा राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका नै प्रभावित हुने देखिएपछि आयोगले राजनीतिक परामर्श सुरु गरेको हो।

यसअघि आयोगले माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गर्न औपचारिक रुपमा नै आग्रह गरेको थियो। एकल संक्रमणीय निर्वाचन प्रणालीमा जाने यकिन भए पनि मतगणना विधि लगायतमा आयोग अझै परामर्शमा छ।आयोग प्रवक्ता नवराज ढकालले पाँच दललाई दिउँसो १ बजे परामार्शमा बोलाएको बताए।आयोगले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीलाई छलफलमा बोलाएको हो।माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका राखेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य पनि मतदाता रहन्छन्।तर, अहिलेसम्म प्रदेश प्रमुख नहुँदा आयोगले निर्वाचन परिणाम बुझाउन सकेको छैन। निर्वाचन परिणाम नबुझाउँदासम्म राष्ट्रियसभाका मतदाताको अन्तिम टुंगो लाग्ने छैन।निर्वाचन आयोगसँगै प्रधानन्त्री शेरबहादुर देउवाले पनि राजनीतिक परामर्श जारी राखेका छन्। मंगलबार दलहरुसँग परामर्श गरी मंगलबार साँझ बस्ने मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख तोक्ने अपेक्षा गरिएको छ


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *