डन दिपक मनाङ्गेले सपथ लिन नपाउने, अदालतले तोक्यो जेल सजाय

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ भने गणेश लामासहित चार जनाले सफाइ पाएका छन् ।डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दा परेको थियो । जिल्ला अदालत काठमाडाैंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत गएकाे थियाे । अदालतले यसलाई ज्यानमुद्दा भन्दै मनाङ्गेलार्इ ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

अरुलाई पनि जेल सजायको माग गर्दै सरकारी वकिलको कार्यालय सर्वोच्च गएको थियो । न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

सहन्यायाधिवक्ता संजीवराज रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीले अरुको हकमा कैद सजाय माग गरेका थियौं तर, सर्वोच्चले तत्कालीन पुनरावेदनकै फैसला सदर गर्‍यो ।’

उनका अनुसार मनाङ्गेकाे तर्फबाट कुनै दाबी नै प्रस्तुत भएको थिएन र, यदि पुनरावेदनको समय सकिसकेको भए अब यो फैसला नै अन्तिम हुनेछ ।

जिल्ला अदालतले सुनाएको सजाय दीपक मनाङ्गेले भुक्तान गरेको बताइएको छ । त्यसो भएमा उनले बाँकी समय कैद भुक्तान गर्नु पर्ने हुन्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *