दाङका सबै दल एक ठाउँ एक आवाज अस्थाई राजधानी दाङ हुनुपर्ने माग

Spread the love

दाङ । प्रदेश ५ को अस्थायी मुकाम रुपन्देही तोकेको विरोधमा दाङमा शुरु भएको आन्दोलनको अगुवाई राजनीतिक दलहरुले गर्ने भएका छन् ।यसअघि दाङ प्रादेशिक राजधानी सरोकार समितिको अगुवाईमा आन्दोलन भए पनि बिहीबारदेखिको आन्दोलनमा प्रमुख दलहरु नै सहभागी भएका हुन् । बिहीबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अब आन्दोलनको नेतृत्व प्रमुख दलले लिने निर्णय गरेको हो ।

 

दलहरुको अगुवाईमा दिउँसो तीन बजे घोराही, तुलसीपुर, लमही लगायतका क्षेत्रमा वृहत प्रर्दशन गर्ने तयारी छ । दलहरु झण्डा र व्यानरसहित आन्दोलनको अग्रभागमा आउने भएका छन् । बुधबारदेखि नै पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा यातायात बन्द गरिएको छ । उद्योग धन्दा, कलकारखाना, शैक्षिक संस्था, बजार लगायत सम्पूर्ण बजार ठप्प छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *