पार्टीले अब क्रान्तिकारी कामलाई अघि बढाउनुपर्छ : नेता पौडेल

Spread the love

भक्तपुर- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको छवि बनाएको काँग्रेस दक्षिणपन्थी र गैरसमाजवादी बाटोमा लाग्न नहुने बताउनुभएको छ ।

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आज भक्तपुरको कौशलटारमा आयोजना गरेको जगन्नाथ आचार्यको ‘आत्म वृत्तान्त’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कहिलेकाहीँ पार्टी नेतृत्वको निर्णय हेर्दा मनमा खट्किन्छ र त्यो नगर्नका लागि सुझाव त दिन्छु तर बाहिर ल्याएर उदाङ्गो पार्दा पार्टीलाई नोक्सान हुन्छ कि भनेर दृढतापूर्वक त्यसलाई रोक्न दबाब दिन सकेको छैन ।”

उहाँले न्यायालयलगायत विभिन्न विषयमा पार्टीले सही निर्णय लिन नसकेको स्वीकार्दै पार्टीले अब क्रान्तिकारी कामलाई अघि सानुपर्नेमा जोड दिनुभयो ।
स्व जगन्नाथ आचार्य प्रजातान्त्रिक समाजवादका लागि निष्ठावान् व्यक्तित्व भएको बताउँदै उहाँले प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न नसकिएको नेता पौडेलले स्वीकार्नु भयो ।

कार्यक्रममा काँगे्रस नेता केबी गुरुङ, होमनाथ दाहाल, जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, अन्जना मधिकर्मी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यलगायतले पुस्तक क्रान्तिको दस्ताबेज भएको विचार व्यक्त गर्नुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *