दुई कोरियाले ओलम्पिकमा सहभागिता जनाउने विषयमा स्वागत

Spread the love

काठमाडौँ- सरकारले गणतन्त्र कोरिया र प्रजग कोरियाले जारी तनाव सामान्यीकरण गर्ने उद्देश्यका साथ हिउँदे ओलम्पिकमा उनीहरुले सहभागिता जनाउने भएकामा स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाको राजधानी सिउलमा हुने उक्त ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिताले दुई देशबीच आपसी सम्बन्ध सुधार हुने अपेक्षा गरेको छ । नेपालले उक्त कार्यले सकारात्मक वातावरण बनी कोरियाली प्रायःद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम हुने अपेक्षा गरेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *