तीन महिला सगरमाथा चढ्ने

Spread the love

काठमाडौँ- वैदेशिक रोजगारीबाट फर्किएका पीडित महिला, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिला पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् ।

‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने नाराका साथ लाक्पा याङ्जी शेर्पा, याङ्डी शेर्पा र पासाङ ल्हामु शेर्पा सर्वाेच्च शिखर आरोहण गर्न लागेका हुन् । पर्यटन पत्रकार संघ (जाट) नेपालको आयोजनामा शुक्रबार भएको पत्रकार सम्मेलनमा लाक्पा याङ्जीको नेतृत्वमा उहाँहरुले आगामी चैत २४ गतेदेखि आरोहण शुरु गर्नुहुने जानकार दिइएको छ ।

सो अवसरमा लाक्पा याङ्जीले पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै यस क्षेत्रमा महिलाको सहभागिता वृद्धि गराउने लक्ष्यका साथ आफूहरु सगरमाथा आरोहण गर्न लागेको जानकारी दिनुभयो । एसेन्ट हिमालयन ट्रेक एण्ड एक्पिडिसन कम्पनीमार्फत आरोहणमा जान लागेका महिला पर्वतारोहीलाई एभरेष्ट हार्डवेयरले आवश्यक सामान उपलब्ध गराउने भएको छ । सोलुखुम्बु घर भएका आरोही तीनै जना लामो समयदेखि पदयात्रा क्षेत्रमा काम गर्दै आउनुभएको छ


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *