एमाले स्थायी कमिटीको बैठक सुरू, राष्ट्रियसभाको नामावली टुंग्याउने

Spread the love

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरू भएको छ ।आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरू भएको बैठकमा राष्ट्रियसभा सदस्यको उमेदवार टुंग्याउने कार्यसूची छ ।गत २ गते संयुक्त कार्यदलले राष्ट्रियसभा निर्वाचनको लागि एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिटको भागभण्डा गरेको थियो । संयुक्त कार्यदलले गरेको भागभण्डालाई आइतबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले अन्तिम रूप दिएको थियो । एमाले नेताका अनुसार सोमबारको बैठकलले पार्टी एकताको लागि अध्यक्ष ओलीले राखेको प्रस्तावमाथि ब्रिफिङ पनि हुनेछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *