छोराद्वारा बुबाको हत्या

Spread the love

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिरस्थित तेजबहादुर चौधरीले आफ्नै बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गएराति सामान्य घरायसी विवादपछि चौधरीले ५२ वर्षीय बाबुराम चौधरीको खुकुरीले घाँटी रेटी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

हत्यापछि चौधरीले घरकै भान्सा कोठामा झुण्डी आफँै आत्महत्या गरेको जस्तो देखाएको प्रहरीले जनाएको छ । हत्या गर्ने तेजबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल राखिएको प्रहरीले जनाएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *