रु तीन लाख रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

Spread the love

काठमाडौँ,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेशम खड्कालाई रु तीन लाख घुस रकमसहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयका अनुसार प्रहरी सहायक निरीक्षक खड्काले लेनदेन व्यवहारको कागज बनाइदिएबापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले उनलाई आज बालाजुबाट पक्राउ गरेको थियो ।

बुटवलमा कार्यरत रहँदा निज खड्काले रु एक एक करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको र उक्त कागज आफैँसँग राखी रु तीन लाख मागेको खुल्न आएको उहाँले बताउनुभयो ।
कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा पनि प्रहरी सहायक निरीक्षक खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *