मदेशी गठबन्धनको यस्तो प्रस्ताब, कांग्रेस सिध्याउने रणनीति !

Spread the love

Image result for मधेसी मोर्चा

काठमाडौं – एमाले संसदीय दलको कार्यालयमा मंगलबार मधेसी गठबन्धनले वाम गठबन्धनसामू राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताब राखेको छ ,छलफलमा एमाले, माओवादी, संघीय फोरम र राजपाका नेताहरु सहभागी भएका थिए ।छलफलमा वाम गठबन्धनले प्रदेश २ मा स्पष्ट बहुमत पाएको दुई दलसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न  औपचारिक प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।मधेसी दलहरु पनि वाम गठबन्धनसँग तालमेल गर्न तर, कसले कति सिट लिने भन्ने टुंगो लागेको छैन ।

 

अलग अलग लड्दा प्रदेश २ बाट चयन हुने राष्ट्रियसभाका ८ सिट मध्ये चार मधेसी गठबन्धनले जित्ने देखिन्छ भने वाम गठबन्धन र कांग्रेसले २-२ सिज जित्नेछन् । कांग्रेस र मधेसी दलहरु मिले पनि वाम गठबन्धनको दुई सिट सुरक्षित हुनेछ । तर, वाम र मधेसी गठनबन्धन मिल्दा प्रदेश २ मा कांग्रेस शून्य हुनेछ ।बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नि खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी थिए भने फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल लगायत थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *