देश समृद्धिको अभियानमा अघि बढ्छ – उपाध्यक्ष शाक्य

Spread the love

काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा जनादेशअनुसारको सरकार गठन भएपछि देश र जनतालाई समृद्धिको अभियानमा अगाडि बढाउन सकिने बताउनुभएको छ ।

कामपा–१५ स्थित डल्लु आवास क्षेत्रमा ‘सिर्जनशील समुन्नत नेपाल’ नामक सामाजिक संस्थाको आज शुभारम्भ गर्दै उहाँले देशमा हालै सम्पन्न निर्वाचनपछि अब आर्थिक र सामाजिक रुपान्तरणका लागि प्रशस्त मार्ग खुला भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले समाजमा महिला वर्गमा आर्थिक पहुँच नपुगेकाले उनीहरुमाथि अनेक किसिमका हिंसाको घटना हुने गरेकामा चिन्ता व्यक्त गर्दै उनीहरुलाई व्यावसायिक तालीम उपलब्ध गराई आयआर्जन गराउनसकेमा सशक्तीकरण हुने विचार व्यक्त गर्नुभयो ।

कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रका महिला वर्गलाई घरेलु उत्पादन तथा सीपमूलक व्यवसायमा लगाउनसकेमा सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।

‘सिर्जनशील समुन्नत नेपाल’ का अध्यक्ष शान्ती सिंह शाहीले समाजसेवाका माध्यमबाट पनि राष्ट्र निर्माणमा योगदान पु¥याउन सकिने बताउँदै त्यस क्षेत्रका सिमान्तकृत, पिछडिएका महिलालाई सीप तथा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *