काठमाडौं – नेकपा एमालेले सरकारले बुधबार ६५ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिने निर्णयलाई सस्तो लोकप्रियताका लागि गरिएको गैर जिम्मेवार काम भनेको छ ।
बिहीबार आयोजिति पत्रकार सम्मेलनमा एमालेले भनेको छ ‘यो निर्णय जेष्ठ नागरिकको सम्मान र सुरक्षाको दायरा बढाउन होइन सस्तो लोकप्रियताको लागि हो । बजेटमा उल्लेख नै नभएको यो कार्यक्रम कसरी लागू गर्ने ?’