मुलुकको विकासका लागि यातायात क्षेत्रको विकास आवश्यक : पूर्वप्रम नेपाल

Spread the love

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकासका लागि यातायात क्षेत्रको विकास आवश्यक रहेको बताउनुभएको छ ।

कान्तिपुर यातायात व्यवसायी संघले आज साँझ यहाँ आयोजना गरिएको ‘नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले भन्नुभयो –“यातायात क्षेत्रकोे विकास भएमा सबै कुराको विकास क्रमशः हुँदै जान्छ ।”

नेकपा एमालेका नेता समेत रहनुभएका पूर्वप्रधानमन्त्री नेपालले सहज यातायात सेवा विस्तारका लागि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र विभिन्न करिडोरलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संघका अध्यक्ष हरिशरण केसीले मुलुकमा सहज यातायात सेवा विस्तारका लागि पूर्वाधारको विकास हुनुपर्ने बताउँदै यातायात क्षेत्रभित्रकै माफियाका कारण यो क्षेत्र ध्वस्त हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा संघले यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, संघका संस्थापक अध्यक्ष एवं महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी र संघका सदस्य सिमोन खत्रीलाई सुनको तक्माबाट सम्मान गरिएको थियो ।  (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *