आदर्श र सिद्धान्तलाई मनन गर्न नसक्दा पार्टी पराजय -पौडेल

Spread the love

दमौली, तनहुँ, १६ पुस : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महामानव विपी कोेइरालाको नीति, आदर्श र सिद्धान्तलाई मनन गर्न नसक्दा यस पटकको चुनावमा पार्टीले हार व्यहोरेको बताउनुभएको छ ।

४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस व्यास नगर समिति तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “विपी कोइरालाको आदर्श, सिद्धान्त र नीतिलाई काँग्रेसले आत्मसात् गर्न नसक्दा निर्वाचनमा हार व्यहोर्नु परेको हो” ।

नेता पौडेलले काँग्रेस भित्रबाटै भएको अन्तर्घात र पार्टी सिध्याउन लागेका तत्वहरुका कारण चुनावमा पराजित हुनु परेको उल्लेख गर्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणित गराएर काँगे्रसले एउटा खुड्किलो पार गर्न सफल भएको बताउनुभयो ।

प्रतिनिधिसभालाई सन्तुलित बनाउन पनि राष्ट्रियसभामा सबै दलको प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, प्रदेशसभा सदस्य दोवाटे विक, सरिता गुरुङ, पूर्वराज्यमन्त्री अमरराज कैनी, काँग्रेस जिल्ला सभापति वैकुण्ठ न्यौपाने, उपसभापति जितप्रकाश आले, पूर्व जिल्ला सभापति रघुनाथ पौडेल, व्यास नगर सभापति शान्तिरमण वाग्ले, सचिव चुडामणि दाहाल, सहसचिव डम्बरबहादुर अधिकारी लगायतले विपी कोइरालाको आदर्श र सिद्धान्तलाई आत्मसात गरी अगाडि बढ्न सके अर्को चुनावमा काँग्रेसले सफलता हात पार्ने बताउनुभयो ।

यसैगरी काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मानुङ खानेपानी आयोजनाको आजै उद्घाटन गर्दै मानुङकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरु लागिपर्ने बताउनुभयो । (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *