काठमाडौँ, १७ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गर्नुभएको छ ।
राप्रपाबाट मन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । RSS