माओवादीले आज एकताको विषयमा छलफल गर्ने

Spread the love

काठमाडौं । एमालेसँगको पार्टी एकताका विषयमा छलफल गर्न माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ ।
अपराह्नपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक बस्ने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिनु भएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल हुनेछ।
पार्टी एकताको विषयमा ठोस निर्णय नआएको चर्चा भइरहेका बेला माओवादी केन्द्रको आज बस्ने बैठकलाई महत्वपूर्ण मानिएको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *