कुखुराको खोरमा आगलागी

Spread the love

कलैया, १८ पुस – बारा जिल्ला फेरा गाउँपालिका वडा नं ७ मा गए राति १ बजे कुखुराको खोरमा आगलागी हुँदा करिब रु ४५ हजार बराबरको क्षति भएको छ ।

फेरा–९ पुरैनिया गाउँ बस्ने इब्राहिम महम्मद ठकुराईको कुखुरापालन गरिएको खोरमा अचानक विद्युत् प्रवाह बढी भई आगलागी हुँदा करिब कुखुराका करिब ७०० चल्ला, पाँच बोरा दाना, साइकलसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *