कठ्याङ्ग्रिएर मृत्यु

Spread the love

गौशाला, १८ पुस – महोत्तरी गाउँपालिकामा कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवान रहेको निजका दाजु श्यामले बताउनुभयो । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् ।

पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भई यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको छ । RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *