रानीपोखरीमा फेला पर्यो यस्तो तथ्य !

Spread the love

रानीपोखरीमा रहेको पर्खाल मल्लकालीन देखि रहिआएको पाईयो । रानीपोखरी पुनर्निर्माणसम्बन्धी विज्ञ समूहका संयोजक एवं पुरातŒव विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले उत्खननका क्रममा ९ किसिमका मल्लकालीन इँटा फेला परेको र पोखरीको मुख्य संरचना मल्लकालीन भएको बताए । विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला परेको हो।

नेपाल समाचारपत्रका अनुसार , अन्य विषयमा थप अनुसन्धान गर्न बा“की रहेको जानकारी दि“दै संयोजक कार्कीले थपे– ‘यसलगत्तै पोखरीको चारै सीमाना, बालगोपालेश्वर मन्दिर, मन्दिरसम्म पुग्ने ब्रिजलगायत सम्पूर्ण क्षेत्रको उत्खनन गरिनेछ। काठमाडौं महानगरपालिकाले नया“ संरचनाअनुसार रानीपोखरीको पुनर्निर्माण शुरू गरेको थियो। रानीपोखरीको सम्पूर्ण संरचनाको अध्ययन गर्न यो उत्खनन शुरू गरिएको हो। पोखरीको सतहको वरिपरिको सम्पूर्ण भाग माटोको जोडाइ गरी पोखरीमा पानी जम्मा गरिएको थियो। पुरातŒव विभागका प्रमुख पुरातŒव अधिकृत रामबहादुर कु“वरसहितको प्राविधिक टोलीले उत्खनन गर्दा बालुवा र कालोमाटोपछि पानी निस्किएको थियो। टोलीले रानीपोखरीको पश्चिम र दक्षिणी भागबाट उत्खनन शुरू गरेको हो। दक्षिणी भागमा प्रताप मल्ल हात्तीमा चढेको मूर्ति छ। उत्खनन कार्यमा संस्कृतिविद् सुदर्शनराज तिवारीसहितको टोलीको उपस्थित रहेको थियो।

पानी जम्मा गर्न ९ तहमा पर्खाल लगाइएको छ। केही स्थानमा माटोको जोडाई गरिएको छ भने अन्य स्थानमा पानी जम्मा हुने गरी माटोबिनाकै जोडाई गरिएको फेला परेको छ। कामपाले सिमेन्टको पर्खाल लगाएर पुनर्निर्माण गर्न खोज्दा स्थानीयले विरोध जनाएपछि मन्त्रिपरिषद्को बैठकले पुरातŒव विभागको ड्रइङ र डिजाइनको आधारमा रानीपोखरी अध्ययन गरी पुनर्निर्माण गर्न कामनपालाई निर्देशन दिएको थियो।

ठेकेदारले अधिकांश भागमा ढुंगाको पर्खाल लगाउ“दा रानीपोखरीको सौन्दर्य नै हराएपछि स्थानीय अभियान्ताले रानीपोखरी पुनर्निर्माण कार्यको कडा विरोध जनाएका थिए। १३ सदस्यीय टोलीमा अधिकांश पुरातŒव र संस्कृतिविद्, महानगरपालिका र विभागका प्रतिनिधि छन्। पानीको सतह पत्ता लगाउन र रानीपोखरीको सम्पूर्ण बनोटको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समितिले काम थालेको हो। सोमबार बसेको समितिको बैठकले केही भाग खनेर ऐतिहासिक तथ्य पत्ता लगाउन सुझाव दिएपछि उत्खनन शुरू गरेको हो। रानीपोखरीको उत्तर–पूर्वमा पानी जम्मा गर्न र दक्षिण–पूर्वमा पानी निकाल्न मिल्ने गरी इनार भएको हुनसक्ने अनुमान लगाइएको छ। सोहीअनुसार थप उत्खनन गर्न लागिएको जानकारी दि“दै संस्कृतिविद् तिवारीले भन्नुभयो– ‘रानीपोखरीभित्र इनार हुनसक्ने विषयमा पनि उत्खनन गरिनेछ।’

संयोजक कार्कीका अनुसार रानीपोखरी निर्माणको पृष्ठभूमि र प्रयोग भएका सामग्रीको पनि अध्ययन गर्न उत्खनन थालिएको हो। टोलीले मन्दिरको सम्पूर्ण संरचनाको विषयमा अध्ययन गर्नेछ। मन्दिरको जग पनि मल्लकालीन देखिएको छ। मन्दिरको जगमा काठ प्रयोग गरिएको छ। विभागले भने मन्दिरको पुनर्निर्माण जारी राखेको छ। मन्दिरको जगसमेत कामै नलाग्ने गरी प्वाल परेको अवस्थामा मन्दिर मात्र जिर्णोद्धार गर्न नहुने विज्ञले सुझाएका छन्। रानीपोखरी संरक्षण कार्यमा जुटेका स्थानीय अभियन्ता शैलेश शाक्यले हचुवाको भरमा मन्दिर मात्रै पुनर्निर्माण गर्न नहुने बताउ“दै उहा“ले भन्नुभयो– ‘हामीले उत्खनन गर्दा मन्दिरको जगसमेत कामै नलाग्नै भइसकेको अवस्थामा मन्दिर मात्रै जिर्णाेद्धार गर्न हु“दैन। शून्य तहदेखि नै मन्दिरको पुनर्निर्माण गर्नुपर्छ।’ तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९० सालको भूकम्पपछि मन्दिरको माथिल्लो भाग मात्रै जिर्णोद्धार गरेको पाइएको छ। जग भने मल्लकालीन नै रहेको छ। टोलीले अझै केही दिन उत्खनन गर्ने जनाएको छ।

उता अभियान्ताहरूले रानीपोखरी पुनर्निर्माण शुरू गरेदेखि त्यहा“बाट दर्जनौं ट्रिप बालुवा र इ“टा बेचेको आशंका गर्दै आएका छन्। उत्खनन टोलीले समेत ढुंगाको पर्खाल लगाउ“दा पुराना इ“टा हराएको अनुमान गरेको छ। ‘हामी ठेकेदारले कति बालुवा र इ“टा बेचेको छ त्यसको समेत छानबिनको माग गरेका छांै, उत्खनन गर्ने समूहले नै मल्लकालीन इ“टा हराएको अनुमान गरेपछि हामीले त नखोज्ने कुरै भएन’ –अभियन्ता शाक्यको भनाइ थियो।

कामपाको स्वामित्वमा रहेको रानीपोखरी २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो। लगत्तै ०७३ साल माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएको थियो।

राजा प्रताप मल्लले आफ्नो माहिला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युलाई शान्त पार्न इस्वी संवत् १६६५ मा निर्माण गरेको सो पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन्द्र र चक्रवर्तेन्द्रको सालिक छ। १ सय ८० मिलर लम्बाई र १ सय ४० मिटर चौडाई रहेको सो पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफल ओगटेको छ।

विसं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्ध शमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका हुन्। पोखरीमा नियमित पानीको व्यवस्थापन गर्न छुट्टै बोरिङ गरिएको छ। विज्ञले रानीपोखरीमा पानी जमाउन कुनै समस्या नहुने दाबी गरेका छन्। करिब ३ फिट उत्खनन गर्दा पानी भेटिएको पोखरीमा पानीको मुहान नभएको हल्ला गर्नु बेकार भएको संस्कृतिविद् तिवारीको भनाइ थियो। उता रानीपोखरी पुनर्निर्माणबारे सर्वसाधारणस“ग विचार लिनका लागि मंगलबार पा“च दिनका लागि सूचना निकालेको छ। सुझावको आधारमा समितिले प्रतिवेदन बुझाउने भएको छ। विवादमा रहेको रानीपोखरी पुनर्निर्माण प्रताप मल्लकालीन शैलीमै गर्ने निर्णय गर्दै गत पुस १३ गते विशेषज्ञ समिति निर्माण गरिएको थियो। प्रतिवेदन बुझाउन सो समितिलाई १५ दिनको समय दिइएको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *