लहान, २० पुस – सिरहा अर्नामा गाउँपालिका–३ मा आज ट्र्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी रहेकी छिन् ।
अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएकी उनलाई खेलिरहेको अवस्थामा स १ त ५४७० नं को ट्र्याक्टरले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्र्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । RSS