घनले हानी सँगै सुतेका दुई साथीको हत्या गरेको खुलासा

Spread the love

पोखरा, २० पुस – पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्डा स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ ।

मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु  भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको र अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

साथीको हत्या गरेपछि अभियुक्त रातिनै बस चढेर घर पुगेको र उनलाई पक्राउ गर्न पोखराबाट प्रहरी टोली त्यसतर्पm गएको थियो ।

टोलीले प्रदेश नं. १ को प्रहरी र जिल्ला प्रहरी कार्यालय, धनकुटासँगको समन्वयमा अभियुक्तलाई पक्राउ गरी आजै पोखरा ल्याएर  जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *