काठमाडौँ, २० पुस – प्रहरीले कोटेश्वरबाट दुईवटा पेस्तोलसहित एकजनालाई आज पक्राउ गरेको छ ।
पक्राउपर्नेमा खोटाङ घर भई सुनसरीको इटहरी बस्ने वर्ष २६ को सुभाष कार्की रहेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता रामदत्त जोशीले जानकारी दिनुभयो ।
प्रहरीले कोटेश्वरस्थित महादेवस्थान मार्ग, पेरिसडाँडामा रहेको न्यू सुनकोशी गेष्ट हाउसको कोठा नं १०४ मा बसेको अवस्थामा उनको साथबाट एक थान रिभल्वर र त्यसको दुई राउण्ड गोली तथा एक थान कटुवा पेस्तोल र त्यसको तीन राउण्ड गोली बरामद गरेको छ ।
पक्राउ परेका कार्की यसअघि पनि विभिन्न अपराधको घटनामा संलग्न रहेको र सुनसरीको झुम्कामा रहेको कारागारमा केही समय सजाय काटेका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।RSS