तेह्र किलो ५०० ग्राम गाँजासहित एक महिला पक्राउ

Spread the love

भक्तपुर, २१ पुस – भक्तपुर चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया तामाङलाई उनकै घरबाट बिहिवार पक्राउ गरेको हो ।

तामाङले आफ्नै घरकोठामा गाँजा सञ्चित गरी बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखी लागुऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रनाउ प्रसाईंले बताउनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *