दश हजार धरौटीमा छुटे गगनलाइ बम हान्नेहरू !

Spread the love

निर्वाचन प्रसार प्रसारका क्रममा नेपाली कांग्रेसका नेता गगन थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेका मध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौले धरौटीमा रिहा गरेको छ।

अभियुक्तहरु महेश नेपाली, विग्रेस लामा र रोशन विष्टलाई ६० हजार रूपैयाका दरले धरौटी रकम लिएर प्रशासन कार्यालयले शुक्रबार रिहा गरेको हो ।

कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ। अभियुक्तद्धय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौले जनाएको छ।

अर्का एक जना राधे तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाईदिएको छ।

उनीहरु सवैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योग सम्वन्धी मुद्दा लगाइएको थियो ।

घटना लगत्तै पक्राउ परेका मध्ये ६ जना विरुद्ध तत्काल जिल्ला अदालत काठमाडौमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसार सम्बन्धी मुद्दा दायर भएको थियो ।

उनीहरुलाई अदालतले बुधबार दश हजार रुपैयाको दरले धरौटी लिएर रिहा गरेको थियो ।

अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले पनि दुई जना बाहेक सवैलाई रिहा गरेकोमा घटनाका पिडितहरुले असन्तोष जनाएका छन् । मानिसको ज्यान समेत जान सक्नेगरी बम पड्काउनेले दश हजार रुपैया तिर्दैमा छुटकारा पाउने कानुनी व्यवस्था व्यवहारिक र न्यायपुर्ण नभएको उनीहरुको भनाई छ ।

घाइतेहरुले दोषीलाई कारबाही गर्ने भन्दा पनि मुक्ति दिनेगरी प्रमाण जुटाउने बेलामा मुद्धा नै कमजोर बनाइएको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।

काठमाडौ क्षेत्र नं. ४ मा काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदबार भएर घरदैलो गरिरहेका बेला थापा सहितको टोलीलाई लक्षित गरी काठमाडौंको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो । आक्रमणबाट थापा सहित ११ जना घाईते भएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *