सुखीपुर नगरपालिकाको बजेट करिब रु ३८ करोड

Spread the love

लहान, २३ पुस – सिरहाको सुखीपुर नगरपालिकाको प्रथम नगर परिषद्ले आर्थिक वर्ष २०७४÷७५ का लागि विभिन्न शीर्षकमा करिब रु ३८ करोडको बजेट तथा कार्यक्रम पारित गरेको छ ।

नगर परिषद्ले रु ३७ करोड ९५ लाख ८५ हजार ९८१ को बजेट तथा कार्यक्रम पारित गरेको नगर प्रमुख रामअवतार यादवले जानकारी दिनुभयो । पुँजीगत सुधार तथा सार्वजनिक निर्माण खर्चतर्फ रु १७ करोड ३७ लाख आठ हजार ४७८, वडास्तरीय योजना तथा कार्यक्रमतर्फ रु ६ करोड ३० लाख र सामाजिक सुरक्षा तथा बाल पोषणतर्फ रु चार करोड ६३ लाख ३० हजार विनियोजन गरेको नगर प्रमुख यादवले बताउनुभयो ।

नगरपालिकाले चालु आव २०७४/७५ मा नगरपालिका क्षेत्रभित्रका मुख्य सडक खण्डमा सौर्य बत्ती तथा दुवैतिर रूख र ढल निकास कार्य, सडक छेउमा रहेका घर–टहरा, हटाएर सार्वजनिक जग्गा व्यवस्थापन गर्ने, बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई नगरपालिकाबाट प्रदान गरिने सुविधाबाट वञ्चित गर्ने तथा वृद्धा भत्ता प्रत्येक वडा कार्यालयमार्फत घरघरसम्म पु¥याउने योजनासमेत नगर सभाले पारित गरेको प्रमुख यादवको भनाइ छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *