शंकास्पद गतिविधिमा संलग्न २९ जना पक्राउ

Spread the love

पोखरा, २३ पुस – पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले दिएको जानकारीअनुसार पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयको सवारी दर्ता र नवीकरण शाखाबाट १९ र  ड्यामसाइटस्थित कार्यालयको लाइसेन्स शाखाबाट १० जनालाई पक्राउ गरिएको हो ।

उनीहरुले ती दुई कार्यालयमा आउने सेवाग्राहीलाई अनेकाँै प्रलोभन देखाई रकम असुल्ने र अशान्ति पैmलाउने जस्ता क्रियाकलाप गरेकाले केही सार्वजनिक अपराध तथा सजाय ऐन, २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालयवाट म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *