संकटा क्वार्टरफाइनलमा

Spread the love

धनगढी, २३ पुस – काठमाडौँको सिएमजी संकटा क्लब यहाँ जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

धनगढी रङ्गशालामा आज भएको खेलमा धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले पराजित गर्दै संकटाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको २६औँ मिनेटमा धरानले पाएको पेनाल्टी खेर गएको थियो । धरानका लागि प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठ बचाउन सफल भए । श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।

पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा र अभिशेष रिजालले गोल गर्दा सुशील लामा र भुष सुब्बाको प्रहार भने धरानका गोलरक्षक रोशन खड्काले रोकेका थिए ।

धरानका लागि वर्तमान राई, रोमन लिम्बू, सुरज विक र प्रकाश बुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काले गरेको प्रहारलाई संकटाका गोलरक्षक  श्रेष्ठले बचाएका थिए । सुबोश शाहीले गरेको प्रहार गोल हुनबाट वञ्चित रह्यो । सोमबार थ्री स्टार क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका सञ्चार संयोजक सीताराम ओझाले जानकारी दिनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *