आयोगद्वारा १० हजारभन्दा बढी मतदाताका गुनासो सम्बोधन

Spread the love

काठमाडौँ, २४ पुस – निर्वाचन आयोगले कलसेन्टरमार्फत करिब १० हजार मतदाताको मतदानसम्बन्धी गुनासो सम्बोधन गरेको छ ।

आयोगले स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदाताका १० हजार ४६९ गुनासोलाई कलसेन्टरमार्फत सम्बोधन गरेको आयोगका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार तीमध्ये सबैभन्दा बढी मतदाताको नामवालीसम्बन्धीमा चार हजार ५०४ जिज्ञासा सम्बोधन गरिएको छ । मतदाता शिक्षासम्बन्धी दुई हजार ५१२, आचारसंहितासम्बन्धी २६९, निर्वाचन मतदान प्रक्रियाबारे २२२, आयोगको वेभसाइटबारे ८९ र सुरक्षाका बारेमा सात तथा अन्य दुई हजार ८६६ जिज्ञासा सम्बोधन गरेको हो ।

आयोगले पहिलोपटक मतदाताका जिज्ञासालाई सम्बोधन गर्नका लागि कलसेन्टरको शुरुवात् गरिएको थियो ।

स्थानीय तह निर्वाचनअघि वैशाख १५ देखि मंसिर मसान्तसम्म आयोगले कलसेन्टर सञ्चालन गरेको थियो ।

बिहान ८ बजे देखि साँझ ८ बजेसम्म छवटा बुथमार्फत आयोगले मतदाताका गुनासोलाई सम्बोधन गरेको थियो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *