काठमाडौँ, २४ पुस – कूटनीतिक क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने मूल उद्देश्यसहित आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘कूटनीतिक अध्ययन संस्था नेपाल’ संस्था दर्ता गरिएको छ ।
प्रा डा गोपाल शिवाकोटीको अध्यक्षतामा विसं २०७३ मा गठित संस्था परराष्ट्र र गृह मन्त्रालयको राय प्राप्त भएपछि आधिकारिक रुपमा दर्ता गरिएको संस्थाका उपाध्यक्षमा प्रा अमन श्रेष्ठ, महासचिवमा डा दीपेन्द्र रोकाय, सचिवमा रञ्जना राई, कोषाध्यक्षमा चेतलाल कुँवर तथा सदस्यमा प्रा डा राजकुमार पोखरेल, प्रा भीमनाथ रेग्मी, वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र देवकी तिमिल्सिना रहनुभएको छ ।
कूटनीतिक क्षेत्रमा मुलुकको हित हुने गरी अध्ययन, अनुसन्धान तथा बहससहित प्रकाशन गर्ने उद्देश्य राखेर संस्था दर्ता गरिएको महासचिव डा रोकायले जानकारी दिनुभयो ।RSS