गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश जारी

Spread the love

काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश दिएको छ । केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर सर्वोच्चले पक्राउको आदेश दिएको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई मंगलबार ९ बजे उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले केसीविरुद्ध अदालतको अवहेलनमा मुद्दा हालेका थिए । सर्वोच्चले चार वर्ष अघि बर्खास्त भएका आइओएमका डिन शशि शर्मालाई पुनःवहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गरेका छन् ।

केसी गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारबाट आमरण अनसन समेत बसेका छन् । त्यसक्रममा उनले अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको र प्रधानन्ययाधीश पराजुली माफियाका नाइके भएको बताएका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *